न्यायाधीशद्धय श्रेष्ठ र केसीले संवैधानिक इजलास नछोड्ने भएपछि प्रधानन्यायाधीश जवरा र सर्वोच्च बारबिच छलफल जारी — OSNepal

न्यायाधीशद्धय श्रेष्ठ र केसीले संवैधानिक इजलास नछोड्ने भएपछि प्रधानन्यायाधीश जवरा र सर्वोच्च बारबिच छलफल जारी

LC (KTM) June 01, 2021 0

काठमाडौं १८ जेठ । संसद विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्धाको सुनुवाई गठन भएको न्यायाधीशहरुको विषयमा विवाद भएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र सर्वोच्च बारबीच छलफल भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायाधीश जवराबिच छलफल भइरहेको छ ।

आइतबार कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै बहस भएपछि प्रध्यायानन्याधीश जवराले न्यायाधीश आफैले निणर्य गर्छन् भन्दै यसको निणर्य लिन स्वंयम न्यायाधीशद्धय श्रेष्ठ र केसीलाई दिइएकोमा न्यायाधीशद्धय श्रेष्ठ र केसीले वकिलहरुले जस्तो प्रश्न गरेपनि संसद विघटन विरुद्धको मुद्धाबाट पछि नहट्ने भनपछि झन् विवाद चर्केको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर