पुर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार जाँदै — OSNepal

पुर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार जाँदै

LC (KTM) January 10, 2022 0

काठमाडौ २६ पौष । पुर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् । भोली मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुर्वराजा शाह सिंहदरबार जाने भएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले दिएको जानकारी अनुसार पूर्वराजा शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन् ।

पुर्व राजा शाह मध्यान्ह साढे १२ बजे सिंहदरबार पुग्ने कार्यतालिका रहेको छ । पृथ्वीनारायण शाहको भोली मंगलबार ३०० जन्मजयन्तीमा मनाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर