एमाले जिल्ला अधिवेशन : ताप्लेजुङमा यी समुहमा हुँदैछ प्रतिस्पर्धा, कसले मार्ला बाजी ? — OSNepal

एमाले जिल्ला अधिवेशन : ताप्लेजुङमा यी समुहमा हुँदैछ प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

LC (KTM) January 10, 2022 0

ताप्लेजुङ २६ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्र्तगत ताप्लेजुङमा नेतृत्व चयनको लागि अहिले मतदान सुरु हुने भएको छ ।

नेतृत्व चयनमा सहमति हुन नसकेपछि अहिले १२ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला अध्यक्षमा संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे चुनावी मैदानमा उत्रिएका छन् ।

थेवेलाई केपी ओली समुहका हुन् भने, सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपाल समुहका हुन् अहिले पार्टी विभाजन भएपछि उनले ओलीलाई समर्थन गरेका हुन् ।

साम्सोहाङ पक्षबाट उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा, उपसचिवद्वयमा मणिशंकर पोमू र सन्तोष चोङ्वाङले उम्मेदारी परेको छ ।

यसैगरी अर्का प्रतिस्पर्धी थेवे समूहबाट उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू (दीपेन) र लिलाचक्र गुरुङले उम्मेदवारी परेको छ ।

१२ बजे भनिए पनि अहिले सम्म भने मतदान प्रक्रिया सुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर