हाल सम्म ३७ जिल्लामा एमालेले चयन गर्यो अध्यक्ष , कुन जिल्लामा को भए अध्यक्ष ? (सुचीसहित) — OSNepal

हाल सम्म ३७ जिल्लामा एमालेले चयन गर्यो अध्यक्ष , कुन जिल्लामा को भए अध्यक्ष ? (सुचीसहित)

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । नेकपा एमालेले जारी जिल्लामा अभिवेशन अन्तर्गत एमालेले हाल सम्म ३७ जिल्लामा नेतृत्व चयन गरिसकेको छ ।

अधिकांश जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गरेपनि केहि जिल्लामा भने निर्वाचन भइरहेको छ । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनले हाल सम्म ३७ जना जिल्ला अध्यक्ष चयन गरिसकेको छ ।

काठमाडौंमा भने दीपक निरौला चयन भएका छन् । यसैगरी ललितपुरमा पुरूषोत्तम आचार्य,भक्तपुरमा बचन देउजा,सिन्धुली कुमारबहादुर कार्की ,इलाममा महेश बस्नेत,खोटाङमा रामप्रसाद दंगाल,गुल्मीमा बालसिंह काउछा,तनहुँमा श्रीप्रसाद श्रेष्ठ,रसुवामा कर्णेल लामा,नुवाकोटमा बद्रीप्रसाद मैनाली चयन भएका छन् ।

साथै झापामा दीपक कार्की,पाल्पामा धनेन्द्रराज घिमिरे दाङमा हुकुम बस्नेत,डोल्पामा शेरबहादुर बुढा सल्यानमा गोविन्द पुन बर्दियामा लालबहादुर श्रेष्ठ ,बाँकेमा किष्मत कक्षपति, धादिङमा भूमि त्रिपाठी चयन भएका छन् ।

यसैगरी , अर्घाखाँचीमा पिताम्बर भुषाल,मोरङमा ऋषिकेश पोखरेल , काभ्रेपलाञ्चोमा अशोक ब्याञ्जू ,सप्तरीमाताराकान्त चौधरी, धनकुटामा ईन्द्रमणि पराजुली, नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी, कपिलबस्तुमा डम्बर शर्मा , तेह्रथुममा तेजमान कन्दङ्वा , रूपन्देहीमा तेजेन्द्र केसी, लमजुङमा कृष्ण अधिकारी, गोरखामा प्रेम गुरूङ चयन भएका छन् ।

अन्यमा पाँचथरमा राजकुमार भण्डारी,रामेछापमा आनन्द श्रेष्ठ, मकवानपुरमा एकलाल श्रेष्ठ, डडेल्धुरामा प्रकाश साउद भोजपुरमा शरण राई , बैतडीमा सुरेन्द्र पाल म्याग्दीमा देवेन्द्र केसी र जुम्लामा शान्ति लाल महत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर