सहमतिमा नेतृत्व चयन हुन नसकेपछि अछाममा १२ बजेबाट मतदान सुरु — OSNepal

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि अछाममा १२ बजेबाट मतदान सुरु

LC (KTM) January 10, 2022 0

अछाम २६ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्तर्गत अछाममा अहिले १२ बजेबाट मतदान हुने भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने तोकिएपनि फेरि त्यसलाई संशोधन गरी दिउँसो १२ बजे मतदान गर्ने समय तोकिएको आयोगले जनाएको छ ।
सहमति हुन नसकेपछि निर्वाचनमा होमिएको अछाम जिल्लामा अध्यक्षमा चन्द्र बोहरा र अर्का प्रकाश शाहबिच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष बोहराको समुहमा उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद , सह सचिवमा शेरबहादुर बुढा, डम्बर बिसीको उम्मेदवारी रहेको छ ।

अर्का अध्यक्षकाक उम्मेदवार शाहको समुहबाट उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी)उप–सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीको उम्मेदवारी परेको छ ।

जिल्लाको ९१ वडाका ७०० सय प्रतिनिधिले मतदान गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर