भोलीबाट काठमाडौंमा उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै — OSNepal

भोलीबाट काठमाडौंमा उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । दुई साता अघि सिरिन्ज अभाव भएको भन्दै स्थगित गरिएको कोरोना विरुद्धको खोप भोली मंगलरबाट सुचारु हुने भएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाकाहरुलाई लगाइने यो खोप भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा पनि चााडे खोप कार्यक्रम सुचारु हुने बताइएको छ । उपत्यकाका तिनै जिल्लाका बालबालिकालाई खोप लगाउन मन्धालयले आग्रह समेत गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा समेत देखा परिसकेको छ । यसबाट बालबालिकामा पर्ने जोखिमलाई ध्यना दिई खोप सुचारु गरिएको छ ।

गत पौष १३ देखि २२ सम्म यो खोप अभियान शुरू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर