दुई वटा हेलिकप्टर मार्फत अध्यक्ष ओली संखुवासभा जाँदै — OSNepal

दुई वटा हेलिकप्टर मार्फत अध्यक्ष ओली संखुवासभा जाँदै

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दुई वटा हेलिकप्टर मार्फत संखुवासभा जाँदै छन् ।

जारी जिल्ला अधिवेशन अन्र्तगत सोमबार एमालेको संखुवासभा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष ओली संखुवासभा जाने भएका हुन् ।

अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदैछ । अध्यक्ष ओलीसहित अन्य एमाले नेताहरु पनि संखुवासभा जाने भएका छन् ।

दुई वटा हेलिकप्टर मार्फत जान लागेका आलीसहितका नेताहरु जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने बताइएको छ ।

आजको उक्त अधिवेशनमा २५ हजार भन्दा बढी जनसहभागी हुने आयोजकको जनाएको छ ।

अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर