प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रवक्ताको कटाक्ष 'समस्या कालो कोटमा होइन, कालो सोचमा छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब' — OSNepal

प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रवक्ताको कटाक्ष ‘समस्या कालो कोटमा होइन, कालो सोचमा छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब’

LC (KTM) June 01, 2021 0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि प्रधानमन्त्री ओली फेरी एक पटक विवादमा तानिएका छन् ।

यसैबिच विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति नै प्रश्न उठाएपछि सोमबार प्रधानमन्त्री ओलीले ‘कालो कोटधारी’ अराजक भएको आरोप लगाए
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन्।

प्रवक्ता  शर्माले प्रतिवाद गर्दै भनेका भनेका छन् समस्या कालो कोटमा होइन, कालो सोचमा छ । ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता,’ प्रवक्ता शर्माले भनेका छन्, ‘’विवेक बोल्ने पूर्व प्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनीतिक दर्शन चैं दिव्यज्ञान!’‘सम्माननिय व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ’।

देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अबभन्दै उनले धानमन्त्रीजस्तो उच्च पदको गरिमा खस्काउने अभिव्यक्ति नदिन पनि ओलीलाई चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर