काठमाडौं उपत्यकाका भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाउने तयारी — OSNepal

काठमाडौं उपत्यकाका भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाउने तयारी

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाउने तयारी भएको छ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको ९सीसीएमसीसी०को जिल्लामा कोरोना संक्रमणको मूल्याङ्कन गरेर केही क्षेत्रमा प्रतिवन्ध लगाउने निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैठकमा तिनै जिल्लाको कोरोना संकमणको अवस्थालाई ध्यानमा राखेर पुन फेरि बैठक बस्ने समेत जनाएका छन् । अहिल्यै निषेधाज्ञा, ‘लकडाउन’ गर्नेबारे तयारी नगरेको पनि उनले जानकारी गराएका छन् ।

सरकारको निर्देशनपछि आफुहरु आगामी रणनीति तय गर्ने बैठकले निष्कर्ष निकालेको समेत उनले बताएका छन् ।

पछिल्लो केहि दिन यता संक्रमितको संख्या हतात्तै बढेपछि आज सीसीएमसीसीको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर