रावलको सुझाव : ओलीलाई जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राख्दा खुसी पार्नुपर्ने 'शक्ति'सबै मक्ख हुन्छन् — OSNepal

रावलको सुझाव : ओलीलाई जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राख्दा खुसी पार्नुपर्ने ‘शक्ति’सबै मक्ख हुन्छन्

LC (KTM) June 01, 2021 0

काठमाडौं १७ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा। भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आलोचना गरेका छन् । नेता रावलले जनता समावादी पार्टीलाई सरकारमा लाने ओलीको कार्यशैली प्रति आलोचना गरेका हुन् ।

प्रधानमन्त्री ओली जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय सहित २ राज्यमन्त्री दिने सहमत भएकाले नेता रावलले प्रधानमन्त्री ओलीलाई लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपवत्ती गर्नसमेत सुझाव दिएका छन् । ओलीले यसो गरमा खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने नेता रावलले टिप्पणी गरेका छन् ।

रावलले भनका छन्, जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो।प्रमं केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला१ यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर