आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने — OSNepal

आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले हवाइ उडानमा यात्रा गर्न पनि कोरोना विरुद्धको भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सीसीएमसीसी)को बैठकले माघ ३ गतेबाट लागु हुने गरी आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने निणर्य गरेको हो ।

साथै संक्रमणहलाई मध्यनजर गर्दै विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

यो पनि…
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने सीसीएमसीसीको निर्णय

काठमाडौं २५ पौष । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

साथै आज बसेको बैठकले २५ जना भन्दा बढी भेला हुने गरी मेला, तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाईगृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ समेत निणर्य गरेको छ ।

अत्यावश्यक कार्यक्रम गर्न पर्ने भए स्थानीय प्रशासनको अनुमति लिनुपर्ने पनि बैठकले निणर्य गरेको छ । साथे आजको सीसीएमसीको बैठकले माघ १५ गते सम्म देशभरका विद्यालय बन्द गर्ने निणर्य समेत गरेको छ ।

सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

यो पनि :
देशभरका सबै विद्यालय माघ १५ गते सम्म बन्द

काठमाडौं २५ पौष । देश भरका सबै विद्यालयहरु माघ १५ गते सम्म बन्द हुने भएको छ ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गते सम्म देशभरका सबै विद्यालय बन्द हुने भएको हो ।

प्रवक्ता सुनीता नेपालले दिएको जानकारी आज आइतबार बसेको सीसीएमसीसीको बैठकले देशभका सबै विद्यालय बन्दको निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर