गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्छ : नेता भट्टराई — OSNepal

गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्छ : नेता भट्टराई

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय व्यापार संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेता भट्टराईले गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्ने बताएका हुन् ।

मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसक्नुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोष रहेको आरो लगाएका उनले कार्यक्रममा भनेका छन् ,’मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन । विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ ।’

कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनु नै नेपालमा विकास र समृद्धिको विषयमा भएको भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर