विराटनगरस्थित नोवेल मेडिकलमा विद्यार्थीहरुले गरे तोडफोड, कलेज परिसर तनावग्रस्त — OSNepal

विराटनगरस्थित नोवेल मेडिकलमा विद्यार्थीहरुले गरे तोडफोड, कलेज परिसर तनावग्रस्त

LC (KTM) January 09, 2022 0

विरानगर २५ पौष । शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकलमा विद्यार्थीहरुले आइतबार तोडफोड गरेका छन् ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरुलाई प्रवेश नदिएर अन्य थोरै विद्यार्थीहरुलाई मात्रै पढाउन थालेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।

कलेजले सहमति विपरित एमबीबीएसका प्रथम वर्षका विद्यार्थीहलाई प्रवेशमा रोक लगाएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई साथ दिन विद्यार्थी संगठनका नेताहरू पनि नोवेल मेडिकल कलेज पुगेका थिए ।

अहिले कलेज परिसर तनावग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर