प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले ११ पदका लागि उम्मेदवार नै पाएन — OSNepal

प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले ११ पदका लागि उम्मेदवार नै पाएन

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । नेकपा एमालेको जिल्ला अधिवेशन अन्र्तगत प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा ११ पदका लागि उमालेले उम्मेवार नै पाएन ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार एक अध्यक्षको लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा ९विपिन० ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

त्यसैगरी , एक उपाध्यक्ष पदका लागि केशव बोहरा, खड्कबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठी गरी चार जनाको उम्मेदवारी परेको छ ।

एक सचिव पदका लागि करन ताम्राकार र गजेन्द्र शाही गरी दुई जनाको उम्मेदवारी परेको छ । दुई उपसचिव पदका लागिअन्जु गैरी, मीन बोगटी र शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ।

खुला सदस्य १९ र महिला १० गरी २९ पदका लागि ५८ जनाको उम्मेदवारी परेको छ । साथै दुई नगरपलिकामा १० जना खुला र ६ जना महिला गरी १६ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, गाउँपालिका क्षेत्रमा १५ जना खुला र १० जना महिला गरी २५ पदका लागि २४ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको नामावलीमा रहेको छ ।
यसैगरी दलिततर्फ ९८ खुला र ४ महिला गरी० १२ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ।

यस्तै, घाइते अपाङ्गतर्फ एक पदका लागि एक जना ९बमबहादुर थापा मगर०को मात्रै उम्मेदवारी दर्ता भएको छ।

आयोगले दिएको जानकारी अनुसार ११ पदमा उम्मेदवारी नै परेको छैन ।अजयमेरु गाउँपालिकामा तीन जना खुला र दुई जना महिला हुनुपर्नेमा खुलातर्फ दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।

भागेश्वर गाउँपालिकामा दुई महिला सदस्य पदका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ। दलित महिला सदस्य चार पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर