एमाले अधिवेशन : तेह्रथुममा अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन — OSNepal

एमाले अधिवेशन : तेह्रथुममा अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन

LC (KTM) January 09, 2022 0

तेह्रथुम २५ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशनमा तेह्रथुम जिल्ला अन्र्तगत अध्यक्षमा तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् ।

एमालेको तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् ।

शुक्रबारबाट सुर भएको अधिवेशनले आइतबार अध्यक्ष र जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको हो ।

जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ ।अधिवेशनमा लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधिको सहभागी थियो ।

जिल्ला अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष लछुमन तिवारी र कन्दङ्वाको उम्मेदवारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर