कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले बोलाए आपत्कालिन बैठक — OSNepal

कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले बोलाए आपत्कालिन बैठक

LC (KTM) January 09, 2022 0

काठमाडौंं २५ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपत्कालीन बैठक बोलाएका छन् । कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै जोखिम बढेको भन्दै प्रधानमन्त्री मोदीले आपत्कालीन बैठक बोलाएका हुन् ।

आइतबार अपरान्ह्र साढे चार बजे कोरोना महामारीको विषयमा छलफल गर्न उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माधयमले जनाएका छन् ।

भारतमा कोरोनाको तेस्रो लहर सुरु भएको संकेत देखिन थालिसेकेको छ । बैठकमा कोरोना भाइरसको रोकथाम र समाधानका उपायहरुको विषयमा छलफल हुने भएपछि बताइएको छ ।

गत डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा प्रधानमन्त्री मोदीले छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर