कोरोनाको नयाँ भेरियन्टबाट बालबालिकालाई बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने कांग्रेस नेताको माग — OSNepal

कोरोनाको नयाँ भेरियन्टबाट बालबालिकालाई बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने कांग्रेस नेताको माग

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । सत्तारुढ दल नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमबाट बालबालिकालाई बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने माग गरेका छन् ।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा आयोजित ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेता महरले यस्तो माग गरेका हुन् ।

‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’कार्यक्रममा उनले भनेका छन् ।

देशमा फेरि कोरोनाको जोखिम बढेकाले यसबाछ बालबालिकालाई बचाउन स्कुल बन्द गर्नुपर्ने उनले बताएका छन् । यसको प्रभावाकारी उपचार भनकै खोप र स्वास्थ्य सावधानी भएकाले सरकारलेयस विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन् ।

कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको जोखिमबाट बालबालिकालाई बचाउन शैक्षिक सस्था बन्द गर्नुपर्ने राय दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर