सरकारले तत्काल लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको काम रोक्नुपर्ने भन्दै जनमोर्चाले निकाल्यो विज्ञप्ती — OSNepal

सरकारले तत्काल लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको काम रोक्नुपर्ने भन्दै जनमोर्चाले निकाल्यो विज्ञप्ती

LC (KTM) January 09, 2022 0

काठमाडौं २६५ पौष । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा छिमेकी मुलुक भारतले बनाउँदै गरेको सडक विस्तार तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको भन्ने अभिव्यक्ति दिएपछि मार्चाले यस विषयमा सरकारको ध्यानाकषर्ण गराएको हो ।

यस विषयमा राजनीतिक दलहरु मौन बसेको भन्दै अध्यक्ष केसीले नेपाल सरकारले यस विषयमा तत्काल भारतसँग कुराकानी गरी निमार्ण कार्य रोक्न विज्ञप्ती मार्फत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर