ए डिभिजन लिग : च्यासलको पोष्टमा मनाङद्धारा गोलको बर्षा — OSNepal

ए डिभिजन लिग : च्यासलको पोष्टमा मनाङद्धारा गोलको बर्षा

LC (KTM) January 08, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लब माथि गोलको बर्षा गरेको छ । आज भएको खेलमा मनाङले च्यासल युथ क्लबको पोष्टमा ५ गोल गरेको हो । च्यासलले भने कुनै गोल फर्काउन सकेन । मनाङको यो शानदार जितमा बिदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ४३ औं मिनेटमा ओलावाले, ८६ औं मिनेटमा दिनेश, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो र त्यसको एक मिनेट पनि नबित्दै ओलावालेले ह्याट्रिक पूरा गरेका थिए ।

आजको यो जितसँगै मनाङले ८ खेलमा १९ अंक जोड्न सफल भएको छ । मनाङ अंक तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोड्दै लिगको १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर