नहुने भयो एसईई : आन्तरिक मुल्यांकनकै आधारमा निर्णय गरिने — OSNepal

नहुने भयो एसईई : आन्तरिक मुल्यांकनकै आधारमा निर्णय गरिने

LC (KTM) June 01, 2021 0

काठमाडौं । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो ।परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको बताइएको छ ।

यो पनि पढ्नुहोस – किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७७र७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उहाँको भनाइ छ । “धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो”, सापकोटाले भन्नुभयो, “किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।”

बजारमा प्रतिकिलो रु ११० मा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत रु ७२ मा खरिद गरेर किसानहरुलाई रु ३६ मा उपलब्ध गराएको सापकोटाले बताउनुभयो । नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताउनुभयो । नगरपालिकाले रु ३५ लाख लागतमा खरिद गरेको बिउ किसानलाई रु १७ लाख ५० हजारमा वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।

अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताउनुभयो । अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर