एमाले धनकुटामा सर्वसम्मतको प्रयास — OSNepal

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

LC (KTM) January 08, 2022 0

नेकपा (एमाले) धनकुटाको साताैँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतकाे प्रयास थालिएकाे छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेा हुन् ।

पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुकाे तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

यो पनि : ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड : नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् ।

नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ ।

चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम ललितपुर-१ मा समेत गत मंगलबार भएको प्रतिनिधि छनाेटपछि आफू बलियो बनेको तर्क गर्न थालेका छन् ।

एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेकाे थियाे । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर