काठमाडौं उपत्यकामा मात्रै ३६९ जनामा संक्रमण पुष्टि — OSNepal

काठमाडौं उपत्यकामा मात्रै ३६९ जनामा संक्रमण पुष्टि

LC (KTM) January 07, 2022 0
 काठमाडौं    २३  पौष ।  एक साताबाट  क्रमिक रुपमा बढ्दै गएको  कोरोना   संक्रमितको   संख्या आज     बिहिबारकोे   तुलनामा ४००  सयले बढेको   छ  । 

पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

जसमा काठमाडौंमा मात्र २८४ जना संक्रमितको पुष्टि भएको छ । त्यसैगरी , ललितपुरमा ६२ तथा भक्तपुरमा २३ जना संक्रमितको पुष्टि भएको छ ।

काठमाडौँबाहिर मोरङमा २९, चितवनमा २०, कास्कीमा १३ र दाङमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर