हवात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

हवात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ नेपालमा पछिल्लो २४ घण्टामा हवात्तै कोरोना संक्रमतिको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो बिहिबारको तुलानामा आज ४०० सय संक्रमित बढेका मन्त्रालयले जनाएको छ । हिजो ५४० जना संक्रमितको पुष्टि भएको थियो ।

संक्रमतिको संख्या २४ घण्टामा हवात्तै बढ्दा ज्यान भने एक जनाको पनि नगएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् । संक्रमित मध्ये काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर