पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको एमालेमा अब ओलीबाट पार्टी नबन्ने र नचल्ने माधव नेपालको ठोकुवा — OSNepal

पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको एमालेमा अब ओलीबाट पार्टी नबन्ने र नचल्ने माधव नेपालको ठोकुवा

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी ओलीबाट नेकपा एमाले पार्टी वन्न र चल्न नसक्ने दावी गरेका छन् ।

काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीमाथि यस्तो टिप्पणी गरेका हुन् ।

एमालेभित्र कुनै नीति पद्धति नरहेको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हाबी भएको जिकिर गरेका नेपालले एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने दावी समेत गरेका छन् ।

एमालेमा पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेकाले ओलीबाट एमाले पार्टी नबन्ने र नचल्ने नेपालको दावी रहेको छ ।

ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप समेत लगाएका नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढेको भन्दै पार्टीलाई बिधिसम्बत ढंगले सञ्चालन गर्ने आफ्नो धारणा रहेको बताएका छन् ।

साथै नेपालले कार्यक्रममा राष्ट्रिय सभा सदस्यको चुनाव अगाडी नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्विकार गरेको भन्दै ओलीका आलोचना समेत गरेका छन् ।

एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित हुन सक्दैन भन्दै नेपालले र ओली र एमाले पार्टीको खुलेरै आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर