ओमिक्रोनको भयावह अवस्था आउन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन — OSNepal

ओमिक्रोनको भयावह अवस्था आउन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जना ओमिक्रोन भेरियन्टको पुष्टि भएसँगै सबै अस्पतालाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत मन्त्रालयले निर्देश्न दिएको छ ।

सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन समेत निर्देशन दिएको छ ।

अन्य भेरियन्ट जस्तै यसबाट बच्न पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर