कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग — OSNepal

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग

LC (KTM) June 01, 2021 0

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर