राप्रपाले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको छ : लिङदेन — OSNepal

राप्रपाले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको छ : लिङदेन

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ललिता निवास मात्र होइन वाइडवडी जहाज खरीदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको आरोप लगाएका छन् ।

बिहीबार राप्रपाले धनगढीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । पछिल्लो समय निकै प्रखर अभिव्यक्ति दिएर चर्चामा आएका लिङदेनले शिषै नेताहलाई झटारो हान्दै आएका छन् ।

अनेक प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री समेतका नेताहरुलाई जोगाउन अनेक प्रपञ्च गरिदै गरेको बताएका उनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो भएको समेत आरोप लगाएका हुन् ।

उनले भने, ‘देश बिग्रिएमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरुलाई कुनै फरक पर्छ रु पर्दैन । उहाँहरुले युवाहरुको भविष्य बिगारिरहनुभएको छ ।’

साथै उनले आफ्नो पार्टीले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको बताएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले विगत ३१ वर्षदेखि मुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको आरोप लगाएका लिङदेनले प्रश्न गरेका छन् , ‘के उहाँहरुले देश बनाउनुभएको छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर