सामाजिक बिकास मन्त्रीको जिल्ला अस्पतालमा छड्के — OSNepal

सामाजिक बिकास मन्त्रीको जिल्ला अस्पतालमा छड्के

LC (KTM) January 06, 2022 0

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज विहान छड्के अनुगमन गर्नु भएको छ । इनरुवा अस्पतालमा आएका विरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव विहानै अस्पताल पुग्नु भएको थियो ।

मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, विरामीको अवस्था, सरसफाई, एक्स–रे कक्ष लगायतका कोठाहरुमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा विशेषज्ञ चिकित्सको अभाव, सरसफाईमा कमी, औषधीको अभाव लगायतका समस्याहरु देखा परेको मन्त्री यादवले बताउनुभयो । उहाँले इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो । इनरुवा अस्पतालबाट विरामी अन्यत्र लैजाने समस्याको समाधान गरिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अस्पतालमा धेरै सुधारको आवस्यकता छ ।’ मन्त्री यादव सहित मन्त्रालयका कर्मचारीहरुले यसअघि अस्पतालको अनुगमन सहित सरोकोरवालासँग अन्र्तक्रिया गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर