प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

LC (KTM) January 06, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर