संसद अवरोध हटाउन राजनीतिक दलहरुका बीचमा सहमति र सम्झौताको बिन्दु खोजौँ : वरिष्ठ नेता पौडेल — OSNepal

संसद अवरोध हटाउन राजनीतिक दलहरुका बीचमा सहमति र सम्झौताको बिन्दु खोजौँ : वरिष्ठ नेता पौडेल

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।

भदौ २३ गते देखि भइरहेको संसद अवरोध हटाउन राजनीतिक दलहरु प्रति सहमतिको बिन्दु खोजिनुपर्ने बताएका हुन् । सबै मिलि गतिरोधलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताएका उनले नेपाललाई असफल राष्ट्र बनाउन नपाइने बताएका छन् ।

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।

बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भनेका छन्,’सबै नेताहरुलाई मैले अनुरोध गर्या छु । सहमति, सम्झौताको बिन्दु खोजौँ । कुनै न कुनै सहमतिको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जति पनि अवरोधहरु छन् । सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्यो भन्ने कुरा मैले गरें ।’

‘मैले १५र१६ बुँदे एउटा सुझावपनि प्रस्तुत गर्या छु भोलि त्यसमा छलफल हुन्छ । उहाँले अलिअलि दुःखेसो, गुनासोहरु गर्नुभएको छ । तिनका बाबजुद पनि त समाधान त चाहियो । निकास त चाहियो नि जसरी पनि भन्नेकुरा मेरो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर