नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना सदाको लागि हटाएरै छाड्छु : पर्यटन मन्त्री आले — OSNepal

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना सदाको लागि हटाएरै छाड्छु : पर्यटन मन्त्री आले

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको सबै संरचना हटाएरै छाड्ने दावी गरेका छन् ।

मन्त्री आलेले यस विषयमा मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने दावी गरेका हुन् ।

सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने बताएका उनले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरुसगँ कुरा गर्दै यस्तो बताएका हुन् ।

साथै त्रिभुवन विमान स्थलको विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया बस्ती स्थानान्तरण गरिने समेत मन्त्री आलेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर