प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित — OSNepal

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

LC (KTM) January 06, 2022 0

काठमाडौ २२ पौष । प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भएको छ ।

भारतको गुजरातमा भारतको गुजरातमा हुने जनवरी १० देखि १२ सम्म हुने भनिएको भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भारतमा तीव्र रुपमा फैलिएकोले समिट स्थगित गरिएको गुजरात सरकारले जनाएको छ ।

आइतबार २५ सदस्यीय टोली सहित चार दिने भारत भ्रमणमा जाने तयारी गरेका देउवाको भ्रमण स्थगित भएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार सम्मेलन स्थगित भएको औपचारिक जानकारी भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर