केएमसी पुगेका शिक्षा मन्त्री पौडेलको निर्देशन : भोली सम्म सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्नुहोस् — OSNepal

केएमसी पुगेका शिक्षा मन्त्री पौडेलको निर्देशन : भोली सम्म सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्नुहोस्

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

एमबीबीएस पढ्ने विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन सुरु गरेपछि मन्त्री पौडेल अनुगमन गर्न उक्त कलेज पुगेका हुन् ।

मन्त्री पौडेलले सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न कलेज प्रतिनिधिलाई निर्देशन दिएका छन् ।साथै उनले बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुन लाग्ने समेत बताएका छन् ।

भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका मन्त्री पौडेलले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई वार्तामा बसेर समस्याको समाधान खोज्न समेत आग्रह गरेका छन् ।

मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा भोली शुक्रबार बिहान साढे १० बजे वार्ता हुने जानकारी समेत दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर