अध्यक्ष राजेन्द्र लिङ्देनमाथि यसरी कडा रुपमा खनिए कमल थापा — OSNepal

अध्यक्ष राजेन्द्र लिङ्देनमाथि यसरी कडा रुपमा खनिए कमल थापा

LC (KTM) January 05, 2022 0

काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत् पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भर्त्सना गरेको उल्लेख गरेका छन् ।

३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको उनको भनाइ छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको भनाइ छ ।

जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ । मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर