पौडेल पुगे ओली निवास बालकोट — OSNepal

पौडेल पुगे ओली निवास बालकोट

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ ।

आज बुधबार अध्यक्ष ओलीलाई भेट्न नेता पौडेल ओलीको निजी निवास बालकोट पुगेका थिए । भेटमा दुई नेताबिच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

साथै निकट स्रोतका अनुसार पौडेलले संसदमा एमालेले गरिरहेको अवरोधको विषयमा समेत छलफल गरेको र पौडेलले संसद अवरोध नगर्न समेत आग्रह गरिएको बताएका छन् ।

गत भदौ २३ गते देखि संसद अवरोध गर्दै आएको एमालेले अहिले पनि संसद अवरोध गर्दै आएको छ ।

आफ्नो पार्टीले तत्कालिन माधव नेपाल सहितका १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले निरन्तर संसदमा नारावाजी गर्दै आएको छ ।

सर्वदलीय बैठक समेत अस्विकार गर्दै आएको छ । आज बस्ने भनिएको संसद बैठक पनि एमालेको आग्रहले गर्दा बैठक स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर