जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि — OSNepal

जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

LC (KTM) January 05, 2022 0

काठमाडौं, २१ पुस-प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार मन्त्री र सचिवसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले जनतालाई छिटो छरितो सेवा दिन निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए ।

उनले अत्यावश्यक सेवामा ढिलाइ गर्न नहुने बताए । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ, अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर