२५ सदस्यीय टोलीसहित प्रधानमन्त्री देउवा आइतबार चार दिने भारत भ्रमणमा जाँदै — OSNepal

२५ सदस्यीय टोलीसहित प्रधानमन्त्री देउवा आइतबार चार दिने भारत भ्रमणमा जाँदै

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौष २५ गते आइतबार चार दिने भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने विषयमा अनुमोदन गरेको हो ।

देउवा आइतबार २५ सदस्यीय टोली सहित नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली हुँदै अहमदावाद जाने कार्यतालिका रहेको छ ।

त्यहाँ रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।

त्यसैगरी आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर