हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुन सक्दैन : अध्यक्ष ओली — OSNepal

हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुन सक्दैन : अध्यक्ष ओली

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका पूर्वज (दार्शनिक)हरुसँग कसैको तुलना गर्न नमिल्ने बताएका छन् । बुधबार संस्कृति बचाऊ अभियन्ताहरुसँग आफ्नै निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त छरियो । एक ठाउँमा आगो लगाएपछि ज्योति त परपर गइहाल्छ नि त ! यहाँ आगो बालियो अन्त ज्योति फैलियो । पछि आगोको झिल्का लिएर जानेहरु प्रमिथास भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाको एउटा प्रमिथास भन्ने काव्य छ नि । हाम्रो ठाउँको आगोमाचाहीँ दाउरा थप्ने नि कोही भएन, घ्यू थप्ने नि कोही भएन, निभेर गयो ओलीले भने ।

ग्र्याभिटेसनको थ्योरी पत्ता लगाउने भाष्कर आचार्यको कुनै कुरा नहुनुमा दुःख लागेको बताउँदै ओलीले नेपाल ज्ञान, देव र पुण्य भूमी रहेको बताएका छन् ।

‘यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर