मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु, प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुने — OSNepal

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु, प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुने

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । विभिन्न विषयमा निणर्य गर्न भन्दै मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पौष २५ गते भारत भ्रमणमा जाने विषयमा छलफल गर्न आजको मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको बताइएको छ । भारत भ्रमणको एजेण्डाको विषयमा बैठमा छलफल हुने भएको छ ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर