१९ सिटका लागि चुनावी मैदानमा उत्रिएका ४३ जना राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने — OSNepal

१९ सिटका लागि चुनावी मैदानमा उत्रिएका ४३ जना राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारी विरुद्ध आज बिहिबार उजुरी दिन सकिने कार्यसुची रहेको छ ।

सत्ता गठवन्धनका पाँच दल सहित नौ दलले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । १९ सिटको लागि ४३ जना चुनावी मैदानमा उत्रिने भएका छन् ।

४३ जना उम्मेदवार विरुद्ध बुधबार उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । यदि आज कसै माथि उजुरी परेमा पौष २२ र २३ गते उजुरीमाथि छानबिन गरिने कार्यसुची रहेको छ ।

यसैगरी २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यसुची रहेको छ । पौष २५ गते राष्ट्रिय सभा निावार्चनको लागि अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यसुची रहेको छ ।

निवार्चनको दिन मात्रै उम्मेदवारलाई निर्वाचन चिन्ह्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर