कांग्रेसका सभापतिलाई धम्काएको आरोपमा एसपी पाण्डे भए निलम्बित — OSNepal

कांग्रेसका सभापतिलाई धम्काएको आरोपमा एसपी पाण्डे भए निलम्बित

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । सिरहाका नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोपमा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्वन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले दिएको जानकारी अनुसार एसपी पाण्डेलाई व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि तिन महिना निलम्बन गरिएको हो ।

पाण्डेको ठाउँमा एसपी अर्जुन तिमल्सिनालाई पठाइएको छ । उनलाई प्रहरी मुख्यालय तानिएको छ । सुरुवाको विषयमा लिएर आफुलाई गोली हान्ने धम्की दिएको भन्दै सभापति यादवले विज्ञप्ती जारी गरेका थिए ।

विज्ञप्तीमा मादक पदार्थ सेवन गरी आइतबार राति पाण्डेले घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको उल्लेख गरिएको छ ।

यादवले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै एसपी पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर