नेपाली कांग्रेसको यी १६ जिल्लाको अधिवेशन फेरि सर्यो — OSNepal

नेपाली कांग्रेसको यी १६ जिल्लाको अधिवेशन फेरि सर्यो

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । यही पौष २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन सरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार यही माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै अधिवेशन सारिएको हो । अधिवेशन माघ १५ गते सम्मका लागि सारिएको छ ।

महाधिवेशन सरेको जिल्लामा सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी,अछाम , नवलपुर,सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली र मकवानपुर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर