गठवन्धनलाई स्यालको संज्ञा दिएका रिजाल भन्छन्, बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन — OSNepal

गठवन्धनलाई स्यालको संज्ञा दिएका रिजाल भन्छन्, बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेकपा एमालेका नेता विष्णु रिजालले गठवन्धन सरकारलाई स्यालको संज्ञा दिएका छन् । नेता रिजालले बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा ९एमाले० लाई फरक पर्दैन भन्दै सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । नेता रिजालको तर्क रहेको छ ।

राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता भएको बताएका उनले भनेका छन्, ‘अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा )एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन् । ‘

दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ ।उनले अघि भनेका छन्, बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा (एमाले) लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निवार्चनको लागि गठवन्धन १९ सिट जित्त्न लागि परेका छन् । भने एमालेलेपनि सबै प्रदशेमा आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरी दर्ता गराइसकेको छ ।

उनले लेखेका छन्, राष्ट्रियसभा निर्वाचन नेकपा ९एमाले० लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो । अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन् ।

अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ ।

बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा (एमाले) लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर