चारजनाको पहलमा बिरामी र स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क खानाको व्यवस्थापन — OSNepal

चारजनाको पहलमा बिरामी र स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क खानाको व्यवस्थापन

LC (KTM) May 31, 2021 0

ताप्लेजुङ, १७ जेठ – विभिन्न क्षेत्रमा कार्यरत यहाँका चार समाजसेवीको पहलमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत कोभिडका बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खानाको व्यवस्थापन गरिएको छ । आइसोलेसनमा उपचाररत बिरामीलाई दिनको ३ पटक पौष्टिक आहारको व्यवस्थापन मिलाइएको फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जीतेन लिम्बूले जानकारी दिनुभयो । यस्तै उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीलाई समेत एक महिनासम्म खानाको व्यवस्थापन मिलाइएको छ । त्यसको लागि अस्पतालको क्यान्टिनसँग सम्झौता भएको लिम्बूले बताउनुभयो । यसका लागि दुई लाख रुपैँया छुट्याइएको छ ।

यसैबीच जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सनटे«टर, पाँच थान पल्स अक्सिमीटर समेत प्रदान गरिएको छ । खाना र स्वास्थ्य सामग्रीमा चार लाख ६५ हजार खर्च लाग्ने छ । विसं २०६१ मा एउटै स्कुलबाट एसएलसी उत्तिर्ण गरेर विभिन्न पेशामा संलग्न रहेका वडाध्यक्ष लिम्बू सहित एनएमबी बैंक शाखा ताप्लेजुङका प्रवन्धक अनिल श्रेष्ठ, कञ्चनजङ्घा निर्माण सेवाका सञ्चालक वीनोद भारती र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा ताप्लेजुङका प्रमुख सन्तोष भट्टराइको पहलमा देश विदेशमा रहेका साथीहरुबाट उक्त कार्यका लागि आवश्यक रकम जुटाइएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर