काठमाडौँ उपत्यकामा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, काठमाडौँमा सोमबार न्यून संख्यामा संक्रमित फेला — OSNepal

काठमाडौँ उपत्यकामा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, काठमाडौँमा सोमबार न्यून संख्यामा संक्रमित फेला

LC (KTM) May 31, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो केही दिनदेखि लगातार घटेृको संक्रमण सोमबार पनि ह्वात्तै घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप ६४९१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ । सोमबार ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ। आज थपिएका मृतक सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ ।

यो पनि : बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृ त्यु भएको छ । मृ त्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृ त्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृ त्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर