ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकार ढकाल माथि दर्ता भयो राजस्वी छलीको मुद्दा — OSNepal

ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकार ढकाल माथि दर्ता भयो राजस्वी छलीको मुद्दा

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । ललिता निवास सरकारी जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा ढकाल सहित पाँच जना विरुद्ध मुद्धा दर्ता गरेको हो ।

उक्त मुद्धामा ढकाल सहित राजेश्वर ढकाल,सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्टु श्रेष्ठ समेत रहेका छन् ।

ढकाललाई सोही राजीव छली गरेको रकमको दोब्बर जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ सहित तिन वर्ष जेल सजायको माग गरिएको छ ।

ढकाल हाल ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा थुनामा रहेका छन् ।

विभागले जारी गरेको आरोप पत्रमा भनिएको छ , आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको देखिएको छ ।

ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार शून्य भएको देखाइ कर नतिरी राजस्व चुहावट गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो लेखिएको छ विज्ञप्तीमा;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर