प्रचण्डले टुंगो लगाए राष्ट्रिय सभा निवार्चनको उम्मेदवार — OSNepal

प्रचण्डले टुंगो लगाए राष्ट्रिय सभा निवार्चनको उम्मेदवार

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।

आज मंगलबारबाछ उम्मेदवारी दर्ता हुने भएपछि माओवादी केन्द्रले पनि आज बिहानै उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको लागि पाँच सिट पाएको छ ।

जसमा प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)को नाम उम्मेदवारको लागि चयन गरिएको छ ।

हिजो सोमबार नेपाली कांग्रेस , नेकपा एमाले नेकपा एकिकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्य निवार्चनको लागि उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् ।

यही माघ १२ गते राष्ट्रिय सभा सदस्यको लागि मतदान हुने भएको छ ।

पार्टीले राष्ट्रिय सभा सदस्य चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर