कोरोनाबाट माओवादी नेता कुशवाहाको मृत्यु — OSNepal

कोरोनाबाट माओवादी नेता कुशवाहाको मृत्यु

LC (KTM) May 31, 2021 0

काठमाडौं-नेकपा ९माओवादी केन्द्र० सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना संक्रमणको कारण नि धन भएको छ । ४१ वर्षीय कुशवाहाको गए राति उपचारको क्रममा टिचिङ अस्पताल, काठमाडौंमा निध न भएको हो ।

माओवादी केन्द्र सर्लाहीका जिल्ला समिति सदस्य कुशवाहा पशु स्वास्थ्यकर्मी समेत थिए । दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि उनी सुरुमा हरिवनस्थित स्वाभिमान अस्पतालमा भर्ना भएर उपचार गराएका उनी स्वास्थमा कुनै सुधार नआएपछि चितवन लगिएको र त्यहा पनि ठिक नभएपछि टिचिङ अस्पताल ल्याइएको थियो ।

टिचिङमा पु¥याएपछि उनको स्वास्थ्य थप जटिल बनेका उनको उपचारकै क्रममा ज्या न गएको हो । एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा राति साढे नौ बजे उनको मृ त्यु भएको हो । कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन् ।  उनको श व सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर