संवैधानिक इजलासबाट न्यायाधीशद्वय श्रेष्ठ र केसी नबाहिरिने — OSNepal

संवैधानिक इजलासबाट न्यायाधीशद्वय श्रेष्ठ र केसी नबाहिरिने

LC (KTM) May 31, 2021 0

काठमाडौं । संसद विघटन विरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा गठित पाँच सदस्य मध्ये न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि इजलास छोड्नु पर्ने भन्दै आएको दवावलाई वेवस्ता गर्दै इजलासबाट न्यायाधीशद्वय श्रेष्ठ र केसी नबाहिरिने भएका छन् ।

हिजो आइतबार संवैधानिक इजलासमा कानुन व्यवसायीले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैला गरेका दुवैलाई यस मुद्धा हेर्ने अधिकार छैन भन्दै बहस भएपछि आज दुवै न्यायाधिशले इजलास नछोड्ने निणर्य गरेको बुझिएको छ । आज सोमबार न्यायाधीशद्वय केसी र श्रेष्ठले रिट निवेदकहरूले जे जस्तो प्रश्न उठाए पनि आफूहरूलाई यो मुद्दा हेर्न कुनै आपत्ति नभएको व्यहोरासहितको निर्णय संवैधानिक इजलासका अरू तीन न्यायाधीशलाई पठाएका छन्।

संवैधानिक इजलासबाट श्रेष्ठ र केसीले नबाहिरिने निर्णय गरेपछि त्यसबारे छलफल गर्न रोस्टरमा भएका सबै १३ न्यायाधीशको बैठक बस्न लागेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर