नेपालमा आज थप ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

नेपालमा आज थप ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) May 31, 2021 0

काठमाडौं । नेपालमा सोमबार थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु सहित संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सोमबार , ११४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर